कुवेतको एक कम्पनीले माग्यो भारी संख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति

३ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेतको एक सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ५५ जना पुरुष र २० जना महिला गरी जम्मा ७५ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३५ हजार माथिदेखि ६७ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले सदिक्षा ओभरसिज प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा पुष १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया