२० प्रतिशत लाभांश पारित गर्न आँधिखोला लघुवित्त पुष ३० गते बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा पुष ३० गते होटल गाउँबेशीको सभाहल, वालिङ–८, स्याङ्जा मा बस्ने गरी आह्वान गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

यसैगरी आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १८ गतदेखि पुष ३० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया