नेप्सेमासेयर कारोबार रोक्का रहेको हिमालयन बैंकले बोलायो सधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो ९पौष ९ गते, शुक्रबार० बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको उनन्तीसौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँबाट भिडियो कन्फ्रेन्सिङको माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ११ गतेदेखि पौष ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । हाल नेप्सेमा बैंकको सेयर कारोबार रोक्का छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया