काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभाले आव २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश ९कर प्रयोजन० र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४औं वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागी गराएको थियो ।
प्रतिक्रिया