नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन र मध्य भोटेकोशीको शेयर सूचिकृत भएको हो । 

साल्ट ट्रेडिङ्ग कर्पोरेसन
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । शुक्रबार कर्पोरेसनको ३ लाख ८४ हजार ५८३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछन् ।

मध्य भोटेकोशी
मध्य भोटेकोशीको ६ करोड कित्ता नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति रुकाठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया