काठमाडौं - एक वर्षमा बीमा कम्पनीहरुको ९१९ वटा शाखा कार्यालय थप भएका छन् । विमा समितिको तथ्याङक अनुसार चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीको कार्यालय संख्या ३ हजार ७५४ वटा रहेका छन् ।
गत आवको यसै अवधिमा बीमा कम्पनीका कार्यालय संख्या २ हजार ८३५ वटा मात्रै थिए । चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ९४७ रहेको छ ।
गत आवको मंसिर मसान्तसम्मा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ३९७ रहेको थियो ।
प्रतिक्रिया