काठमाडौं - बीमाको पहुँच २८ प्रतिशत बढि जनसङख्यामा पुगेको छ । बीमा समितिले जारी गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८.०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको हो ।
बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार९म्यादी बीमा० बाहेक २८।०१ प्रतिशतमा पुगेको छ। गत आवको पाँच महिनाको अवधिमा वैदेशिक रोजगार (म्यादी बीमा) बाहेक २२.१४ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।
चालु आवको साउनसम्ममा बैदेशिक रोगजार (म्यादी बीमा) सहित २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । म्यादी बीमा बाहेक २४.९९ प्रतिशतमा बीमाको पहुँच विस्तार भएको थियो ।
बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले ले मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार पोलिसी गर्न सफल भएका छन् । गत वर्षको मंसिरको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १६.६८ प्रतिशतले बृद्धि भएर ५७ अर्ब ७९ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पनि २७ प्रतिशतले बृद्धि भएको छ ।
प्रतिक्रिया