करोड क्लबमा प्रकाशको ह्याट्रिक

३ बर्ष अगाडि

काठमाडौं - गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीतले युट्युबमा एक करोड बढी भ्युज पाएका हुन् ।

यसअघि उनको ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको थियो । बिहीबार साँझ उनको अर्को गीत ‘जाम भो माइली’ले युट्युबमा करोड भ्युज पार गरेको छ ।

प्रकाशले दुई वर्षअघि ‘बैनी झ्यालैमा’ बोलको गीत सार्वजनिक गरेका थिए । हाल ‘बैनी झ्यालैमा’ गीतको भिडियोको भ्युज १ करोड ४ लाख ७० हजार बढी छ ।

त्यस्तै, उनले ८ महिनाअघि ‘घर कता हो बैनीको’ गीत युट्युबमा सार्वजनिक गरेका थिए । यो गीतको भिडियोले युट्युबमा १ करोड ४१ लाख बढी भ्युज पाइसकेको छ । 

‘जाम भो माइली’ भने प्रकाशले दुई महिना अघि मात्रै सार्वजनिक गरेका हुन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया