काठमाडौं - विभिन्न ४ वटा लघुवित्त वित्तिय संस्थाले पुष ३० गते वार्षिक साधारण सभा बोलाएका छन् । आँधिखोला लघुवित्त, कालिका लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र आरएमडीसी लघुवित्तले साधारण सभा बोलाएको हो ।
आँधिखोला लघुवित्त
आँधिखोला लघुवित्त वित्तीय संस्थाले पनि पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल गाँउबेसीको सभाहल, वालिङ स्याङ्जामा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
सभामा बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि हुनेछ । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै नेप्सेमा यसको कारोबार रोकिएको हो । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै २०७६ पुस ३ गतेबाट नेप्सेमा यसको कारोबार रोक्का रहेको छ ।
कालिका लघुवित्त
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ । पुस ८ गते बसेको संचालक समितिको बैंठकले बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लिको सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव पारित गर्नेछ । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पातिर गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्नछ ।
जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान सामुदायिक लघुवित्तले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे हुने छ ।
सभाले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
आरएमडीसी लघुवित्त
आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीको साधारण सभा पुष ३० गते अमृतभोग, कालिकास्थान काठमाडौंमा भर्चुअल माध्यमबाट हुने छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको अनूसूचीहरु छलफल गरी पारित गर्ने छ ।
त्यस्तै, आव २०७८/०८९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
जसअुनसार पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया