आज क्रिसमस डे : सार्वजनिक विदा, ३० लाख क्रिश्चियन धर्मावलम्बी

४ बर्ष अगाडि

काठमाडौं - आज क्रिसमस डे अर्थात जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन । यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन् । आज भन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।    
    
येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन् । क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।  

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ । यस्तै, हालदेशभर करिब १३ हजारभन्दा बढी चर्च बनिसकका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया