काठमाडौं - विभिन्न दुई कम्पनीले लाभांश घोषणा गरेको छ । कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश घोषणा गररेको हो ।
कालिका पावर
कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद गरी कूल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो ९पौष ८ गते, बिहीबार० बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा भने प्रस्तावित लाभांश २२ प्रतिशत बोनस सेयर र १.१५७८ प्रतिशत नगद गरी कुल २३.१५७ प्रतिशत हुने कम्पनीले जनाएको छ । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रतिक्रिया