सरकारले बिमा समितिको सञ्चालक समिति सदस्यमा शोभाकान्त पौडेल र सन्तोष रिजाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो ।
पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । रिजाल बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका अर्थ मन्त्रालयले जनाएको छ ।
कानून अनुसार एकजना सञ्चालकमा बिमित मध्ये जो सुकैलाई नियुक्त गर्न पाउने व्यवस्था छ। रिजाल अध्यापन पेशामा संलग्न रहेका छन् ।
प्रतिक्रिया