भारतीय शेयर बजारमा २०२ अंकको गिरावट,५७,११३ विन्दुमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं, शुक्रबार भारतीय शेयर बजारमा गिरावट आएको छ । बम्बई स्टक एक्सचेन्ज (बिएसई)को सेन्सेक्स २०२ अंकले गिरावट भएर ५७,११३ विन्दुमा झरेको छ ।

कारोबार खुल्नासाथ बिएसई सेन्सेक्स २५२ अंकले बढेर ५७,५६७ विन्दुमा पुगेको थियो । आज सबैभन्दा माथिल्लो स्तर ५७ हजार ६२३ विन्दुमा र तल्लो स्तर ५६ हजार ८१३ विन्दुमा कारोबार भएको हो । यस दिन ३० शेयरमध्ये २३ शेयरमा गिरावट आएको छ भने ७ शेयर मात्र वृद्धि भएको छ । 

यस्तै नेशनल स्टक एक्सचेन्ज निफ्टी ६९ अंकले घटेर १७ हजार ३ विन्दुमा बन्द भएको छ । यस दिन निफ्टीको सबैभन्दा उच्च १७,१५५ विन्दुमा पुगेको थियो भने सबैभन्द्या तल्लो १६ हजार ९०९ विन्दुमा झर्यो । निफ्टीका ५० शेयरमध्ये शुक्रबार ३९ शेयरमा गिरावट र ११ शेयरमा बढोत्तरी देखियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया