आगामी पुस ३० गते एकैदिन नेपाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३३ कम्पनीले साधारण सभा डाकेका छन् ।
आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा गरीसक्नुपर्ने भन्ने नियम भएकोले चालू आर्थिक वर्षको छैठौं महिना सकिने दिन एकैपटक ३० कम्पनीले साधारण सभा बोलाएका हुन् ।
कम्पनी ऐन २०६३ को दफा ७६ मा ‘प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारण सभा गर्नु पर्नेछ र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नु पर्नेछ’ ऐनमा उल्लेख छ।
छ महिनासम्म साधारण सभा नराखेर हेलचेक्र्याइँ गरेका कम्पनीहरुले छैठौं महिनाको अन्तिमदिन लागि साधारण सभाको आयोजना गरेको आरोप सेयर सदस्यहरुले लगाउने गरेका छन् । दोश्रो बजारमा लगानी गर्नेहरु धेरै कम्पनीको सेयर सदस्य हुने हुँदा सबैको साधारणसभामा जान नपाउने भएकोले अन्तिम दिनमा हुने उक्त साधारणसभा औपचारिकताका लागि राखिएको कतिपयको आरोप छ ।
कम्पनीहरुले साधारण सभा गर्ने मात्र होइन, सभाका लागि सूचना प्रकाशित गर्ने दिन पनि शुक्रबार एकैदिन परेको छ । यसो हुनुको कारण वार्षिक साधारण सभा गर्नु भन्दा २१ दिन अघि शेयर धनीलाई अनिवार्य सूचना दिनु पर्ने भएको कारण शुक्रवार धेरै जसो कम्पनीले साधारण सभाको सूचना निकालेका हुन्।
प्रतिक्रिया