काठमाडौं, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ।
रुपन्देहीको तिलोत्तमास्थित केन्द्रीय कार्यालयमा बिहीबार अनलाइन माध्यमबाट भएको संस्थाको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ३२.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद लाभांश रहेका छन्।
संस्थाले यस अवधिसम्म लगानीमा रहेको कर्जा १ अर्ब ७२ करोड ६८ लाख गरेको छ भने ५५ करोड बचत संकलन गर्न सफल भएको छ।
प्रतिक्रिया