नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी शुक्रबार दिउँसो आफू बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन्।
प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रतिक्रिया