काठमाडौं - जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् । मंसिरमा महिनामा मात्रै कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख ३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
कम्पनीहरुले वैदेशिक रोजगार बीमाशुल्क सहित पाँच महिनामा कुल ५७ अर्ब ७९ करोड ५६ लाख १८ हजार रुपैयाँको व्यवसाय गरेकोमा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका हुन् ।
कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा २६.५५ प्रतिशत रहेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ६३ करोड ८७ लाख ६४ हजार रुपैयाँ नवीकरण बीमशुल्क शुल्क संकलन गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले पाँच महिना अवधिमा २ अर्ब ९८ करोड ५३ लाख ४९ हजार रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो ।
नेपाल लाइफपछि नेशनल लाइफले दोस्रो ठूलो (१ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ) प्रथम बीमाशुल्क संकलन गरेको छ भने सिटिजन्स लाइफले १ अर्ब ५ करोड ३० लाख ९८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
प्रतिक्रिया