साल्ट ट्रेडिङ्गको ३ लाख ८४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

शुक्रबार कर्पोरेसनको ३ लाख ८४ हजार ५८३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया