कालिका लघुवित्तले पुष ३० गते  ३ लाख ५९ हजार ९४५ कित्ता बोनश प्रस्ताव पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ । पुस ८ गते बसेको संचालक समितिको बैंठकले बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा।लि को सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पातिर गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्नछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया