काठमाडौं - लाभांश पारित गर्न विभिन्न चारवटा बैंकले पुष ३० गते बार्षिक साधारण सभा बोलाएका छन् । सिभिल बैंक लिमिटेड, सेञ्चुरी कमर्शियल बैंक, सिद्धार्थ बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले सभा बोलाएका हुन् ।
सिभिल बैंक लिमिटेड
काठमाडौं । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पातिर गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नछ ।
साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने कार्य सूचि रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
सेञ्चुरी कमर्शियल बैंक
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार, एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे भौतिक तथा भर्चुअलमाध्यमबाट एकैसाथ शुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम संस्थापक समूहको शेयर स्वामित्व ५३.४१ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुकक्लोज० गर्ने भएको छ । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले लाभांश पारितको मुख्य एजेन्डा सहित साधारणसभा आह्वान गरेको छ । बैंकको पौष ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष ३० गते बिहान ११ बजे शुरु हुनेछ ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा(नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १८ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार, ३७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभा बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया