डलर अभाव भएपछि सिटिजन्स बैंकले आफै आयात गरेर बिक्री गर्न थाल्यो

४ बर्ष अगाडि

सिटिजन्स बैंकले आफै अमेरिकी डलर आयात गरी बिक्री शुरु गरेको छ। नेपाली बजारमाअमेरिकी डलरको अभाव भएपछि बैंकले आफै डलर आयात थालेको हो । 

अब विदेश जानुपर्ने ग्राहकले सिटिजन्स बैंकबाट आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहज रुपमा सटही गर्न सक्ने छन् । 

आवश्यक कागजाजहरु पेश गरेर दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भैसेपाटी लगायतका शाखाहरुबाट डलर सटही सुविधा दिइएको बैंकले जनाएको छ । 

बैंकका देशभर १७४  वटा शाखा,  १२३  वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन्। बैंकको ग्राहक संख्या १२ लाख  ८० हजार पुगेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया