काठमाडौं-सेन्ट्रल फाइनान्सलाई नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न स्वीकृित दिएको छ ।
फाइनान्सले शेयरधनीलाई ७.७ प्तिशत बोनस शेयर र ३.३ प्रतिशत नगद दिन लागेको हो । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ । सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको रकम बोनस शेयर बाँड्नेछ । यस्तै, नगदमा २ करोड ९० लाख ७४ हजार रुपैयाँ खर्च गर्नेछ ।
प्रतिक्रिया