लाभांश परित गर्न जनउत्थान सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्तले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे हुने छ ।

सभाले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया