जीवन विकास लघुवित्तले ४ लाख ७८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो, माघ १३ गतेभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रति शेयर मूल्य १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङ र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया