काठमाडौं - एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणाा गरेको छ । कम्पनीको आज विहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश मध्ये २० प्रतिशत बोनस शेयर र १.०५ नगद (कर प्रयोजनको लागि) लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भए पश्चात तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया