नारायणी डेभलपमेन्ट बैंक १०० प्रतिशत हकप्रद जारीको प्रस्ताव साधारण सभाको एजेन्डाबाट नै हट्यो

४ बर्ष अगाडि

काठमाडौं-  नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा राख्ने भनेको फेरि १०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव हटाएको छ।

बैंकले आज वार्षिक साधारणसभासम्बन्धी संशोधित सूचना जारी गर्दै १०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव हटाएको हो। 

गत बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा र बुक क्लोजको मिति तय गर्दै बिहीबार सूचना प्रकाशित गरेको छ। उक्तसूचनामा हाल चुक्तापुँजीको १०० प्रतिशत हकप्रद जारी भइरहेको छ र उक्त हकप्रद बिक्रीपश्चात कायम हुने चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको पुनः १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरी नेपाल राष्ट्र बैंकबाट सहमति प्राप्त भएपछि सम्बन्धित निकायबाट स्वीकृति लिई आवश्यक प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको थियो।

आज फेरि संशोधित सूचना जारी गर्दै १०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव नै बैंकले हटाएको हो। 

बैंकको वार्षिक साधारणसभा यही पुस २९ गते चितवनको सौराहस्थित होटेल सेन्ट्रल पार्कमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया