समृद्धि फाइनान्सको साधारण सभा पुष ३० गते, बुकक्लोज १६ गते

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको हिजो पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २० आँँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार होटल एभोकाडो हेटौँडा, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

फाइनान्सले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । 

फाइनान्सले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया