दुई बैंकले बोलायो साधारण सभा, कुनको बुकक्लोज कहिले

४ बर्ष अगाडि

काठमाडौं - दुई वटा बैंकले बार्षिक साधारण सभा बोलाएका छन् । सेञ्चुरी कमर्शियल बैंक र सिद्धार्थ बैंक बैंकले लाभांश पारित गर्न आफ्ना वार्षिक साधारण सभा बोलाएका हुन् । 

सेञ्चुरी कमर्शियल बैंक 
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार, एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे भौतिक तथा भर्चुअलमाध्यमबाट एकैसाथ शुरु हुनेछ ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम संस्थापक समूहको शेयर स्वामित्व ५३.४१ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले लाभांश पारितको मुख्य एजेन्डा सहित साधारणसभा आह्वान गरेको छ ।  बैंकको पौष ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष ३० गते बिहान ११ बजे शुरु हुनेछ । 

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४।२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  । 

त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १८ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया