राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा, ७ लाख ३ हजार ३०७ घर पुनर्निर्माण

३ बर्ष अगाडि

काठमाडौं - भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आजदेखि सकिएको छ । २०७२ साल पुस १० गते स्थापना भएको प्राधिकरणले ६ वर्षे कार्यकाल पूरा गरेको हो ।

प्राधिकरणले बिहीबार नै पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम मातहतका मन्त्रालय, विभागलाई हस्तान्तरण गरेको छ । प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत जिम्मेवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । 

प्राधिकरणको संस्थागत व्यवस्था भने शनिबारदेखि हट्ने छ । ६ वर्षे कार्यकालमा निजी आवासमा ९२ प्रतिशत, पुरातात्विक सम्पदा तथा शैक्षिक संस्था ८५ प्रतिशत प्रगति भएको छ ।

स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट झन्डै आठ लाख घर पूर्ण तथा आंशिक रुपमा क्षति भएकोमा अहिलेसम्म ७ लाख ३ हजार ३०७ घर पुनर्निर्माण भएका छन् ।

७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ६ हजार ६ सय ४७ को पुर्ननिर्माण सकिएको छ । ११ सय ९७ स्वास्थ्य संस्थामध्ये सात सय ५१ भवन बनेका छन् । नौ सय २० सांस्कृतिक सम्पदामा क्षति पुगेकोमा छ सय छ मात्रै पुनर्निर्माण भएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया