काठमाडौं - नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार, ३७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभा बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुकक्लोज० गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया