काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एनएमबि लघुवित्त र सुर्य लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो ।
एनएमबि लघुवित्त
एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको २१.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५० रूपैयाँ ५३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।१३ प्रतिशत नगद गरी कुल २२।६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । संस्थाको ९ औँ वार्षिक साधारण सभा पौष २६ गते, होटल पोखरा ग्रान्ड पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सुर्य लाईफ इन्स्योरेन्स
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ७ सय २० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । कम्पनीको तेहौँ वार्षिक साधारण सभा पौष १९ गते, होटल ह्यारिसन प्यालेस विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया