१५.७८९५ प्रतिशत लाभांश पारित गर्न कालिका पावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा सहित वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै बैठकले कम्पनीको गत आर्थिक बर्षको वार्षिक साधारणसभा पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजे हुँदैछ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

कम्पनीले वार्षिक साधारणसभा तथम लाभांश प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया