काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आज ज्योति विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष ८ गते बिहिबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्सें० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया