काठमाडौं - स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एक भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त रकम सहित कुशवाहलाई बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट नियन्त्रण्मा लिएको हो । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकल जाँच गर्दा कुशवाहको साथबाट १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया