काठमाडौं - लुम्बिनी विकास बैंकको १४औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत सुरु हुने छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया