लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित, चुक्तापुँजी ११ अर्ब ५५ करोड

४ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी बैंकको आज २१ औंँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभाबाट बैंकले प्रस्तावित गरेको ११.५ प्रतिशत लाभांश पारित भएको छ । 

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०७७र७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७७/लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित, चुक्तापुँजी ११ अर्ब ५५ करोड ८ मा रु.११७ अर्ब निक्षेप र रु. १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रूपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया