पूर्वकै ठूलो विकास बैंक सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा १ करोडभन्दा बढी रकम हिनामिना भएको छ ।
बैंकको रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराईले आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रेमिट्यान्सको १ करोड हिनामिना गरेका हुन् ।
बैंकले रकम हिनामिनाको उजुरी गरेपछि नेपाल प्रहरीको सिआइबी र नेपाल राष्ट्र बैंकले सो विषयमा अनुसन्धान गरिहरको छ । उनलाई सीआईबीको टोलीले पक्राउ गरिसकेको बैंकका सिइओ नवीन सुवेदीले स्वीकारे ।
बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ । तर केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ ।
यो बैंक प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ ।
सिआइबीले अनुसन्धान गरिरहेको उक्त विषयलाई कुन प्रकृतिको मुद्दा लगाउने भन्ने विषयमा राष्ट्र बैंक र कानुनविज्ञसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
प्रतिक्रिया