कामना सेवा फुटसल २०२१ मा २४ टिमले प्रतिस्पर्धा गर्ने

४ बर्ष अगाडि

कामना सेवा विकाश बैंकले आयोजना गरेको फुटसल प्रतियोगीतामा २४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पौष ९ र १० गते हुने प्रतियोगीतामा  विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । 

बैंकले “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा फुटसल कम २०२१ आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी गराइएको थियो । 

उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । सम्मेलनमा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।  

पौष ९ गते युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजबाट खेलको उद्घाटन हुने र पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाज्यूबाट खेलको समापन गरिनेछ ।

पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ । यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष सुदीप आचायले बताए । साथै उक्त खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि अनुरोध समेत गरे । 

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि। प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मीहरु, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया