काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि पूँजी बजारबारे दिएको आफ्नै अभिव्यक्तिको खण्डन गरेका छन् । न्यूज एजेन्सीसँगको कुराकानीमा दाहालले आफ्नो अघिल्लो अभिव्यक्ति प्रति यस्तो कुरा भनेका छन् । दाहालले आफुहरू लगानीकर्ताको पक्षमा रहेको बताए
'मैले अस्ति जे व्याख्या गरे, यहाँ निकै ठुलो तरंग पनि आयो भनियो । मानिसहरुले नबुझेर आयो भन्ने छ मेरो । मैले भनेको,एउटा अन्तरराष्ट्रिय आर्थिक प्रवृत्तिहरु के छ रु पूँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ रु हामी समाजवादीले कस्तो प्रवृत्ति वा योजनातिर सोच्नुपर्दछ भनेर गरेको व्याख्यालाई मानौं अहिले नेपालको संरचनामाथि हमला गरेको हो भने जस्तो गरी बुझियो,प्रचार गरियो । जानीबुझी त्यसलाई कतिले तोडमोड गरे ।
अहिले वित्तीय पूँजीवाद,पूँजीवादको रुपमा देखिएको छ । नाफा कमाउनु उनीहरुको मूल धेय छ । पूँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा घर जग्गा किनबेच जस्ता छिटो कमाई हुने काममा वा अरु त्यस्ता मुद्राबाट मुद्रा कमाउने काममा, पैसाको लगानी पैसाको लगानी गर्ने तर उत्पादनमूलक कार्यमा नगर्ने भन्ने प्रवृत्ति हाबी छ भन्न खोजेको हो मैले ।
मैले नेपालको कुनै शेयर बजार सिद्धिनु पर्यो भन्न खोजेकै होइन । हामी लगानीकर्ताकै पक्षमा छौं । तर ठूलो सैद्धान्तिक बहस पो गर्न खोजेको हो । नेपालले रणनैतिक रुपमा कुन बाटो पक्डिनु पर्ला भन्ने बहस पो उठाउन खोजेको हो । मैले कसैलाई भर्खर घाटा पार्न खोजेको हो ररु कुरा त्यस्तो होइन कुरा अलि ठूलो हो भन्न चाहन्छु ।'
प्रतिक्रिया