नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्झौता

४ बर्ष अगाडि

काठमाडौं- नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्। यसैगरी नबिल बैंकका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी गर्न सक्नेछन्।

खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानीजस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया