नेशनल लाइफद्धारा ५ लाख मृत्यु दावी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बिहिबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानी निवासी बीमित प्रविन गुरुङको परिवारलाई मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको हो ।

मृतक बीमित गुरुङले कम्पनीको दिक्तेल शाखामा तीन वर्ष पहिलेको बीमा गराएका थिए । उनको गत असार ५ गते बिरामीका कारण घरमै मृत्यु भएको थियो ।

कम्पनीका दिक्तेल शाखाका प्रमुख नबिन श्रेष्ठले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी वापतको ५ लाख १३ हजार ९५८ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया