काठमाडौं । साता अन्तिम कारोबारको दिन (बिहिबार) नेप्सेमा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ ।
४ अर्बमाथिको कारोबार हुँदा बिहिबार सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ३६ करोड २४ लाख ८४ हजार ८३६ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको १४ करोड १० लाख, जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख र अपि पावर कम्पनीको १२ करोडा ८५ लाख भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया