११६२६ जनाको परीक्षणमा २९३ जना संक्रमित थपिए, निको र मृत्यु हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९५१० पीसीआर परीक्षणमा २११६ एन्टिजेन परीक्षणमा गरी कुल ११६२६ जनाको परीक्षणमा २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ९ हजार ९२२ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५८१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया