सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषक राज पौडलको कार्यकाल पुनः ४ वर्ष थप

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडलको कार्यकाल पुनः थप भएको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन चार बर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यअवधि यहि महिनामा सकिने भएसँगै कम्पनीको बोर्डको बैठकले पुन स्थप गरेको हो । कम्पनीको संचालक समितिको पारित गरेको निर्णय बीमा समितिमा पेश गरिसकेको कम्पनीले जनाएको छ ।

बीमा समितिले स्वीकृती दिएसँगै उनको कार्यअवधि थप हुन्छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया