मध्य भोटेकोशीको ६ करोड कित्ता नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

४ बर्ष अगाडि

मध्य भोटेकोशीको ६ करोड कित्ता नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। त्यसको आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।

नेप्सेले कम्पनीको शेयरलाई एमबीजेसी कारोबार संकेत प्रदान गरेको छ। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया