काठमाडौं - बीमा समितिको अध्यक्षमा सन्तोष रिजाललाई नियुक्त भएका छन् । सरकारले बीमा समितिको रिक्त बीमितको कोटामा रिजाललाई सञ्चालकमा नियुक्त गरेको हो ।
मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका रिजाल बीमितको हितको पक्षमा काम गर्दै आएका व्यक्ति हुन् । नेपाल बीमितहरुको हितमा काम गर्दै आएका रिजाल बीमित हित संरक्षण समितिका सदस्य समेत हुन् ।
अर्थशास्त्रमा स्नातकोत्तर रिजाल प्राध्यापन पेशामा समेत आवद्द छन् ।
प्रतिक्रिया