श्री इन्भेस्टमेन्ड एन्ड फाइनान्सले डाक्यो साधारण सभा, ११ प्रतिशत लाभांश अनुमोदन गर्दै र बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, श्री इन्भेस्टमेन्ड एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले कम्पनीमा विद्यमान संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ५३.३२ः४६.६८ प्रतिशतलाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया