सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते हिमालय दृश्य रिसोर्ट बनेपा–६ भ्यू टावर मार्ग काभ्रपलाञ्चोकमा बिहान ९ बजे बस्ने गरी साभा बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्र्नुका साथै चालुु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नछ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण पारित गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्न भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया