काठमाडौं- बिहीबार ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दैछ । कम्पनीको लाभांश सुरक्षित गर्न आजै शेयरधनी बन्नुपर्नेछ ।
ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।
प्रतिक्रिया