मिथिल लघुवित्तको साधारण सभा पुष २९ गते, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मिथिल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आफ्नो १३औं वर्षिक साधारण सभा पुष २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका–१० लालगढ, धनुषमा बिहान ११ बजे बस्नेगरी बोलाएको हो । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । 

साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गरी जिनको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १९ गते एक दिन बुकक्लोज गर्नेछ । 

सो अनुसार पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया